www.tandavnews.com
Fact ~ In search of truth

पोखरा ३३ नम्बरका वडा अध्यक्षको गाडीमा बम विस्फोट

पोखरा ।
उपनिर्वाचन नजिकिँदै गर्दा कास्की २ मा बम विस्फोटको घटनाहरु हुन थालेको छ । सोमबार राती २ः ४५ बजे वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरेर राखेको गाडीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

३३ नम्बर वडाका अध्यक्ष आचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा अज्ञात समुहले विस्फोट भएको गराएको हो । उक्त घटना भएको वडाअध्यक्ष आचार्यको पारिवारीक स्रोतले पनि पुष्टि गरेको छ । विस्फोटबाट भएको क्षति खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.