www.tandavnews.com
Fact ~ In search of truth

शासक होइन सेवक बन्छु :रजनी केसी

पोखरा ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले आफू शासक नभइ सेवक बन्ने बताएकी छन् ।

आइतबार चुनावी घरदैलोको क्रममा पोखरा–१६ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले भनिन्, ‘म जनताका समस्या समाधान गर्न जनतासँगै हातेमालो गरेर सेवक बन्न चाहान्छु, शासक बन्न राजनीति गरेकी होइन ।’

चुनावमा आश्वासन बाँडेर नभइ अवसर पाए काम गरेर देखाउने उनले बताइन् । ‘हामी आश्वासनको राजनीति गर्दैनौं, अवसर पायौं भने काम गरेर देखाउछौं,’ उनले भनिन् ।

युवाहरू विदेश जान बाध्य रहेको भन्दै उनले अब देशमा नै श्रम खर्चनुपर्ने समय आएको बताइन् । देशमा इमान्दार नेताको आवश्यकता रहेकोमा जोड दिँदै उनले नेता इमान्दार भए देशले फड्को मार्ने स्पष्ट पारिन् ।

साझा पार्टी विध्वंसको राजनीतिबाट टाढा रहेको भन्दै एकपटक मत र मन परिवर्तन गरेर काम गर्ने अवसर प्रदान गर्न उनले आग्रह गरिन् ।यस्तै पार्टीका केन्द्रिय सदस्य विकल शेरचनले साझा पार्टी कम्युनिष्ट र कांग्रेसको सहि विकल्प भएको बताए । ‘३० वर्षदेखि पालैपालो देशको नेतृत्व गरेका पार्टीले हामीलाई केही दिन सकेनन्, अब हामीले देश र हाम्रा सन्तानका बारेमा सोच्नुपर्ने बेला आयो ।’

सभालाई सम्बोधन गर्दै पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले देशमा योग्य मानिसको कदर हुन नसकेको भन्दै दुःख व्यक्त गरे ।उनले राजनीति र राजनीतिज्ञको परिभाषा बदल्न साझा पार्टी विकल्पको रुपमा आएको बताए ।

‘झुटा वाचा र आश्वासन बाँडेका कारण नेता भन्ने बित्तिकै जनताले नकारात्मक रुपमा लिन थाले,’उनले भने, ‘हामी यो अवस्था सुधार गर्न चाहान्छौं ।’निर्वाचन आयोगले तोकेको भन्दा पनि कम खर्चमा चुनाव सक्ने बताउँदै उनले भने, ‘थोरै भन्दा पनि थोरै खर्चमा हामीले चुनावको प्रचारप्रसार कार्यक्रम सक्छौं, कमिलाको ताँती जस्तो कार्यकर्ता लिएर हिंड्दैनौं।’

पार्टीले पोखरा-१६ इन्जिनियरिङ क्याम्पस गेटसँगै जोगी मणि चोक र दिपमा चुनावी कोणसभा आयोजना गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.