www.tandavnews.com
Fact ~ In search of truth

रबिन्द्र अधिकारी गणतन्त्रवादी थिए वंशवादी थिएनन् :विश्वप्रकाश शर्मा

पोखरा,
ताण्डव न्यूज ।

नेपाली कांग्रेसका प्रवत्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले भारतको प्रधानमन्त्रीलाई जन्म दिनको शुभकामना विभिन्न भाषामा दिने तर, कालापानीको विषयमा नेपालीमा लेखेर नोट पठाएको बारे प्रश्न गरेका छन् । आगामी १४ गते हुने उपनिर्वाचनमा आफ्ना उमेद्वारलाई मत माग्न पोखरा आएका शर्माले प्रेश यूनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा यस्तो प्रश्न गरेका हुन् ।

‘प्रतिपक्षी दलको नेताले एउटा राजदुतलाई फोन गरेर यसबारे जानकारी गराउन मिल्थ्यो र मिल्थेन भन्ने कोणबाट छलफल गर्न सकिन्छ । प्रश्न यो होइन,’ उनले भने, ‘लैनचौरबाट नजिकै रहेको परराष्ट्र मन्त्रालयले भारतिय राजदुतलाई बोलाएर छलफल गरियो ? सरकारले किन गरेन ? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्म दिनको शुभकामना दिँदै गर्दा खेरी विभिन्न भाषामा दिन सक्नेले नेपाली भाषामा नेपालको मिडियालाई खपत गर्नको लागि कालापानीको सन्दर्भमा विज्ञप्ती आयो ।’

कांग्रेसका सभापतिले केपी ओलीको सहमतिमा भारतले नक्सा जारी गरेको भनेर शंका मात्रै गरेको भन्दै देउवाको बचाउ पनि उनले गरे । ‘यतिका समय गुज्रीसक्यो काठमाडौँबाट नरेन्द्र मोदीजीको नाममा एउटा कल गएको छैन,’ उनले भने, ‘त्यसैले काग्रेसका सभापतिले बोल्दै गर्दा आशंका राख्नु भयो । कतै भारतसँगको सहमतिमा भएको हो की ठहर नभइ उहाँले आशंका राख्नु भएको हो ।’

उनले उपनिर्वाचन लोकतन्त्रको एउटा अभ्यासको रुपमा कांग्रेसले लिएको बताए ।‘यो निर्वाचन सरकार बनाउन र बदल्न भइरहेको छैन । तर, मतदाताले दिने एउटा मतले सरकारको शैलीलाई सच्याउन भने सक्छ,’ उनले भने , ‘त्यसकारणले यो निर्वाचन, प्रतिपक्षीका लागि र सरकारका लागि जति अबसर हो त्यो भन्दा बढि मतदाताको लागि हो । मतदातासँगै नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुको लागि पनि हो । बडा दुखले आर्जेको बहुमत सरकार २१ महिनाको अवधिमा कसरी गयो बाँकी अबधि कसरी जाओस भन्ने चाहनुहुन्छ ।’

उनले नेकपाका नेता कार्यकर्तालाई सरकारलाई सच्याउन रुख चिन्हमा मतदान गर्न पनि आह्वान गरे । ‘आफ्नो सरकारलाई सच्याउन चाहनुहुन्छ भने हृदयमा रहेको आस्थालाई हृदयमै राखि छोडेर आफ्नो घरको छानामा टाँगेको झण्डालाई छानामै टाँगी छोडेर मतदान चाहिँ रुख चिन्हमा गरेर गर्नुहोस्,’ उनले भने, ‘निर्वाचनमा कांग्रेसले आफ्नो समिक्षा पनि गरेको छ । नेपाली कांग्रेसको केन्द्रले अपिल गरेर वाइडवडीको सन्दर्भमा, निर्मलापन्तको सन्दर्भमा, बूढीगण्डकीको सन्दर्भमा कालापानीको सन्दर्भमा, कुनै पनि सन्दर्भमा उपत्यका र नेपाल बन्द हामीले गरेनौँ । ०४८ साल देखिको तत्कालनि प्रतिपक्षीको भूमिका पनि हेर्नुस ।’

उनले यो बीचमा नेपाली कांग्रेसले शालिनता अपनाएको, कमजोर रहेको आरोप बेहोरेको तर, संसदमा जिम्बेवार ढंगले भूमिका निभाएको दाबी गरे । सत्तामा रहेको दलको र सरकारको समिक्षा हुन जरुरी रहेको उनको भनाई छ ।

‘यस्तो मुद्धा प्रतिपक्षीले विगतमा भेट्दा के भयो ? त्यसो गरेर पुग्दैन भनेर हामीले बालुवाटार गएर प्रधानमन्त्री ज्यूको अघिल्तीर बसेर भन्यौँ,’ उनले भने, ‘तपाइँसँग दुई तिहाइको बहुमत छ । हामी पनि यो मुद्धामा सँगैछौँ भन्यौँ । शतप्रतिशत शक्तिका साथ अघि बढ्नुस भन्यौँ । अहिले सम्म केहि भएन ।’

यो बिचमा कांग्रेसको पनि सरकार थियो त भन्ने प्रश्न आउन सक्छ भन्दै उनले थपे, ‘हामीले आन्तरिक द्धन्द्धमा विगत गुजार्यौ । अहिले माओवादीको विद्रोह छैन, मधेशमा आन्दोलन छैन, यो बेलामा कुनै पहल नहुँदा आशंका उत्पन्न हुन्छन् । आशंकालाई लिएर शेरबहादुरलाई जवाफ दिइरहन कम्यूनिष्ट पार्टीका नेताहरुलाई जरुरी छैन । शेरबहादुर देउवालाई जवाफ दिन भन्दा नरेन्द्र मोदीजीसँग जवाफ माग्ने कर्ममा लाग्नुस । हाम्रो लागि यो अबसर हो ।’

सरकारले भनोस हामी नक्सा छाप्छौँ

उनले आफ्नी सानी छोरी स्वीकृतीले काठमाडौँबाट हिँड्नु अघि देशको नक्सा बद्लेको हो भनेर प्रश्न गरेको बताए । ‘आज देशभरीका सबै नागरिकले नक्सा बद्ल्यो भन्दै गर्दा पोखरामा उभिएर सरकारलाई भन्न चाहन्छु । छपाइको लागि जस्तोसुकै सामग्री प्रेसमा लगेर २४ घण्टामा ल्याउन सकिन्छ,’ उनले भने, ‘नेपाल देशको नक्सा के हो सरकारले तीन दिन भित्र सार्वजनिक गरोस ।

छपाइमा समस्या के छ ? हामी लिम्पीयाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा जारी गर्नको लागि छपाइमा केहि संकट छ भने सरकारले भनोस् । तीन दिनमा जारी गर्न सक्दैन भनेर प्रतिपक्षीलाई अपिल गरोस । नेपाल देशको नक्सा यो हो भनेर हामी जारी गर्छौँ । नेपालको हरेक वालवालिकाको हातमा हामी नक्सा यो हो भनेर थमाउँछौँ ।’

हिजो प्रतिपक्षमा रहँदा कालापानीमा मार्च गर्न पुगेका यूवाहरु अहिले मन्त्री मण्डलमा रहँदा केहि नबोलेको उनको आरोप छ ।

रबिन्द्र अधिकारी गणतन्त्रवादी थिए वंशवादी थिएनन्

रबिन्द्र अधिकारीसँग विद्यार्थी आन्दोलन देखिसँगै रहेको भन्दै शर्माले उनी इमान्दार गणतन्त्रवादी नेता रहेको पनि दाबी गरे । ‘म नेपाल विद्यार्थीसंघको राष्ट्रिय अध्यक्ष हुँदा मेरो परम आदरणीय मित्र रबिन्द्र अधिकारी अनेरास्ववियूको अध्यक्ष हुनुुहुन्थ्यो । सगैँ विद्यार्थी आन्दोलनमा काम गरेका छौँ । उहाँको विदाई हुँदै गर्दा मैले एउटा घनिष्ट मित्र गुमाएको अनुभूति गरेँ,’

उनले भने, ‘म जान्दछु रबिन्द्र अधिकारी इमान्दर गणतन्त्रवादी हो । एउटा मान्छे जीवनमा एकै साथ गणतन्त्रवादी र वंशवादी हुन सक्दैन । रबिन्द्र अधिकारीको मूल्यांकन वंशवादीको रुपमा गर्ने या गणतन्त्रवादीको रुपमा मूल्यांकन गर्ने कास्कीको मतदाताले हो । रबिन्द्र अधिकारी वंशवादी थिएनन्, इमान्दर गणतन्त्रवादी थिए ।’

उनले राजनीतिमा सदाचारको लागि खेमराजलाई मतदान गर्न म कास्कीका जनतालाई अपिल गरे । नेकपाले उनै रबिन्द्रको श्रीमती विद्या भट्टराईलाई चुनावमा उतारेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.