www.tandavnews.com
Fact ~ In search of truth

सरकारले संविधान कार्यान्वयन गर्न सकेन :नेत्री विन्दादेवी

पोखरा ।

नेपाली कांग्रेसकी नेत्री एवं राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले संविधानको कार्यान्वयन गर्न वर्तमान सरकार असफल भएको बताएकी छिन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत काँग्रेस कास्कीद्वारा आज पोखरामा उनले संविधानले गरेका व्यवस्थालाई पनि सरकारले कार्यान्वयनमा लान नसकेको आरोप लगाए ।

विकास र समृद्धिको नारा लिएको सरकारले दैनिक एक हजार ५०० युवा विदेशिएको टुलुटुलु हेरेर बसेको भन्दै उनले लगानीमैत्री, युवामैत्री वातावरण सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै काम लगाउनुपर्नेमा जोड दिए ।

भ्रष्टाचार, महिला हिंसा, कर, दण्डहीनता, सुशासनलगायत विषयमा सरकार असफल बनेको उल्लेख गर्दै उनले सरकारलाई सही मार्गमा हिँडाउनका लागि पनि यस उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने धारणा राखे ।

यसैबीच नेपाली काँग्रेस कास्कीले क्षेत्र नं २ का सबै मतादातसँगको भेटघाट सकिएको जनाएको छ । एक पटक सबै मतादातासँग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसँग राख्ने काम भएको कास्कीका पार्टी सभापति एवं निर्वाचन परिचालन मूल समितिका संयोजक कृष्ण केसीले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.