www.tandavnews.com
Fact ~ In search of truth

रुकुममा दुई किलो ५ सयग्राम चरेससहित दुई पक्राउ

रुकुम ।

रुकुममा लागुऔषध चरेससहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.