www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेसन हुदैँ

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार गए (सोमबार) राति पेट दुखेपछि ओली आज(मंगलबार)बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका थिए।

Batas

परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि चिकित्सकले शल्यक्रिया गर्ने तयारी भएको जनाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले ४ पटक डायलायसिस गराइसकेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.