www.tandavnews.com
Fact ~ In search of truth

पोखरा:३६० एम्पुल लागूऔषधसहित भारतीय आकाश कुमार पक्राउ

पोखरा ।

पछिल्लो समय पोखरामा प्रहरीले ड्रग्स अपरेसनलाई तीव्र बनाइरहेको छ ।अस्ति आइतबार (मंसिर ८ गते) प्रहरीले लागूऔषध सहित एक भारतीयलाई पक्राउ गरेको छ ।

३ सय ६० एम्पुल लागूऔषधसहित भारतको मुजापुर जिल्ला घरभई हाल पोखरा महानगरपालिका –५ मालेपाटन स्थित मिलनमार्ग बस्ने २८ वर्षिय आकाश कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा लागूऔषधको खरिद ,विक्रिवितरण,ओसारपसार तथा सञ्चय समेत गर्छन भन्ने विशेष सुचनाको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी लागूऔषध नियन्त्रण व्युरो पोखराको विशेष निगरानीमा रहेको व्युरोका ईन्चार्ज प्रहरी निरीक्षक टेक बहादुर रावतले जानकारी दिए । रावतसहितको प्रहरी टोलिले कुमारकै कोठाबाट उनलाई नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ परेका उनको साथबाट सोन पापडी नामक मिठाईको प्याकेटमा लुकाई छिपाई राखेको लागूऔषध बुर्फिनर्फिम १२० एम्पुल ,डाईजापाम १२० एम्पुल र फेनरागन १२० एम्पुल गरी जम्मा ३६० एम्पुल लागूऔषध बरामद भएको प्रहरीले पुष्टि गरेको छ ।

पक्राउ परेका कुमारमाथि लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.