www.tandavnews.com
Fact ~ In search of truth

भदौरे पञ्चासे महोत्सव पौष ३ गतेदेखि

पोखरा ।

Lama collectio News Middle

अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आयोजना हुने २२ औं भदौरे पञ्चासे महोत्सव पौष ३ गतेदेखि शुरु हुने भएको छ । पौष ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा तमु ल्होसार तथा दोश्रो कोदो महोत्सवसमेत हुने भएको हो ।

भदौरे क्लव र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा सहयोगिको भुमिकामा अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवको आकर्षणमा पुरुष भलिवल, कोदोको परिकार तथा साँस्कृतिक कार्यक्रम रहने महोत्सव संयोजक सन्तोष गुरुङले बताए ।

आन्तरिक तयारी भईरहेको बताउँदै संयोजक गुरुङले पुरुष भलिवलमा ३० टिमको सहभागिता रहने जानकारी दिए । पुरुष भलिवलमा प्रथम हुने टिमलाई ७० हजार, दोश्रो हुने टिमलाई ४० हजार र सेमिफाईनलमा पुग्ने टिमलाई ५-५ हजार पुरस्कार राखिएको आयोजकले बताएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न कोदोको परिकार राखिने भदौरे क्लवका अध्यक्ष जिवन गुरुङले बताए । उनी भन्छन्– ‘महोत्सव अवलोकन गर्न आउनेलाई मनोरञ्जन गराउनका लागि साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गर्नेछौं ।

सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको व्यवस्था रहेको छ ।’ स्थानीय स्तरमा उत्पादित परम्परागत प्राङ्गारिक खानाका परिकारहरुको स्वाद महोत्सवमा लिन पाइने क्लवका अध्यक्ष गुरुङ वताउँछन् ।

पर्यटक आवासको लागि गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । साविक भदौरे तामागी गा.वि.स वडा नं १ मा रहेको उक्त गाँउ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ ।पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरीक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावा पानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।

सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुच्छ्रे लगाएतका हिमालहरु नजिकै प्रस्टरुपमा देख्न सकिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...