www.tandavnews.com
Fact ~ In search of truth

अरुबाट सुकुम्वासी समस्या समाधान असंभव:नेकपा

पोखरा।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्दीय सदस्य तथा कास्की जिल्ला ईन्चार्ज राजकाजि तमुले नेपालमा पहिलो पटक सुकुम्वासीहरुलाई लालपुर्जा बितरण गर्ने व्यबस्था संबिधानमै उल्लेख गर्ने काम कम्युनिष्टहरुकै पहलमा भएको बताए ।

पोखरा महानगरपालिका वडा नं ९ को अखिल नेपाल सुकुम्वासी संघ, ईकाइ समितिले आयोजना गरेको एक कार्यक्रममा उनले संबिधानमा उल्लेख भएको बिषयमा अब बर्तमान सरकारले सो कार्यतर्फ गृहकार्य सुरु गरेकोले अन्य पार्टीहरुले उफ्रीएर बोलेको कुरामा दम नभएको उनको भनाई थियो ।

यसको समाधानका लागि कम्युनिष्ट मात्र एक बिकल्प भएकोले कास्कीको उप र्निबाचनमा सुर्य चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य गंगा पोख्रेलले लालपुर्जा भोलि नै बितरण गर्छु भन्दै ढाँटेर भोट माग्ने युगको अन्त्य भएको बताए ।

कतिपयले आकासे पुर्जा बाँडेर बिगतमै झुक्याईसकेको स्पष्ट हुँदाहुदै पनि आफुले लालपुर्जा बाँडेको भनेर भोट माग्ने हास्यास्पद कुरा भएको उनको दावि थियो । श्रस्ता कायम नभएको आकाशे पुर्जा हैन, कम्युनिष्टले नेतृत्व गरेको सरकारले हालसम्म ७० हजार लालपुर्जा बितरण गरिसकेको बिगत ताजै रहेको हेक्का राख्न उनले सबैलाई आग्रह गरे ।

अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय सचिव अर्जुन मल्लले यो पटक कम्युनिष्ट पार्टी लाई बिजयी गराउन सुर्यमा मतदान गर्न आग्रह गरे । केन्दीय सदस्य आईतमान गुरुङ्गले भुमि ब्यबस्थाका लागि बर्तमान सरकारले विधेयक मार्फत सम्बोधन गरेकोले यो कार्य प्रकृयामा अगाडी बढेको स्मरण गराउदै कम्युनिष्टको विकल्प नभएको बताए ।

त्यसैगरि केन्द्रीय सदस्य ओम बहादुर पौडेलले अब केवल लालपुर्जा लिएर मात्र भोट माग्न आउने नेकपाका नेता खगराज अधिकारीको भनाई स्मरण गर्दै सुर्यमा मतदान गर्न आग्रह गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.