www.tandavnews.com
Fact ~ In search of truth

आज पोखरामा काँग्रेस बिपिको वृहत आम सभा

पोखरा ।

नेपाली काँग्रेस बिपिले आगामी मंसिर १४ गते हुन गईरहेको उप–निर्वाचनलाई मध्यनजर गर्दै आज (बुधबार) वृहत चुनावी सभा गर्ने भएको छ ।

दिउसो १२ वजे मानवधिकार चोक पोखरामा आयोजना हुने सभालाई पार्टिका सभापति हरिबोल गजुरेल, बरिष्ठ नेता एवं पुर्वमन्त्री देवीप्रसाद ओझा, महामन्त्री एवं पुर्वमन्त्री शुसीलमान शेरचन, महामन्त्री पुष्प पराजुली, सह–महामन्त्री देवेन्द्र प्रकाश पौडेल, उम्मेदवार चन्द्र ब. रानाभाट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैविच पार्टीको चुनावी प्रचार प्रसार कार्यक्रम अन्र्तगत हिजो(मंगलबार) पार्टीले पोखराको बसपार्क, महेन्द्रपुल, शान्तिमार्ग, जनप्रिय टोल, सिर्जनानचोक लगायतका ठाउँहरुमा घरदैलो एवं कोणसभाहरु सम्पन्न गरेको छ ।

कोणसभा एवं घरदैलो कार्यक्रममा उम्मेदवार चन्द्र बहादुर रानाभाटले स्थानीयहरुसँग अन्र्तक्रिया गर्नुका साथै राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि करुवा चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन अनुरोध गरेका थिए ।

कार्यक्रमको शिलशिलामा पार्टीका शिर्ष नेता एवं युवा नेता खड्ग बहादुर विश्वकर्मा नेतृत्वमा सोमबार र मंगलबार गरि ५ सय ५५ जना विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस बिपिमा प्रवेश गरेका छन ।पार्टी प्रवेश गरेकाहरुलाई पार्टीका महामन्त्री पुष्प पराजुलीले पार्र्टीे सदस्यता प्रदान गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.