www.tandavnews.com
Fact ~ In search of truth

सत्ता र शक्तिको आडमा चुनाव प्रभावित गर्ने खेल भएको छ : रामचन्द्र पौडेल

पोखरा ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानीमा आफ्ना सांसदहरुको टोली लिएर जाने पहिलो नेता आफु रहेको दाबी गरेका छन् । बुधबार पोखरामा आफ्ना उमेद्वारलाई भोट माग्न आएका पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन । उनले नेकपाका नेताहरुले कालापानीको विषयमा कांग्रेसलाई दोष लगाएकोमा आपत्ति जनाए ।
‘अहिले राष्ट्रियताको सवालमा कम्यूनिष्टहरुको झुटो प्रचारले सीमा नाघ्यो,’ उनले भने, ‘बेलामा सभामुख हुँदा कालापानीसम्म आफ्ना सांसदहरु लिएर गएको मान्छे म नै हुँ । म मात्रै पहिलो त्यो नेता हो नेपालमा जस्ले कालापानीमा आफ्ना सांसदहरुको टोली लिएर गएँ ।’ उनले कम्यूनिष्टका सांदहरु र तथ्यांक विभागका महानिर्देश सहितको टोली लिएर कालापानी गएको बताए ।
‘काली नदि बगेको भूभाग हुँदै लिम्पीयाधुरा भन्दा पूर्व कसरी आउनु भो भनेर भारतीय सेनालाई सोध्ने म नै हुँ । त्यति बेला त्यहाँ प्राप्त विवरण संसदमा बुझाएकै हो,’ उनले भने ।
अहिले कम्यूनिष्टहरुले जनतालाई गुम्राहमा पार्ने दुष्प्रयास गरेको उनको आरोप छ । ‘इतिहासको तथ्यलाई बंग्याउन पाइँदैन । कालापानीको विषयलाई पहिले नै अगाडी ल्याएको मान्छे हुँ म,’ उनले भने ।
त्यस्तै उनले उपनिर्वाचनको विषयमा नेकपाले सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पार्ने काम गरेको आरोप पनि लगाए । ‘अहिले उपनिर्वाचनमा सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पाने दुष्प्रयास भइरहेको छ,’ उनले भने, ‘निर्वाचन आयोग र यहाँको स्थानीय प्रशासनलाई यो चुनावमा कतै पनि बुथ कब्जा हुने परिस्थिती आउन नदिन सचेत हुन आग्रह गर्दछु ।’ पौडेलले कास्कीमा कांग्रेसले सहि उमेद्वार चयन गरेको पनि दाबी गरे । ‘कास्कीमा उमेद्वार छनोटले गर्दा पार्टी एकता भएको छ,’ उनले भने, ‘तटस्थ मतदाताहरुको पनि सहानुभूती छ । त्यसैले उहाँले चुनाव जित्नु हुन्छ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.