www.tandavnews.com
Fact ~ In search of truth

१६ औँ लेखनाथ महोत्सव पौष ३ देखि

पोखरा,
ताण्डव न्यूज ।

१६ औँ लेखनाथ महोत्सव २०७६ यहि पौष ३ गते देखि १५ गते सम्म आयोजना हुने भएको छ ।

हरेक वर्ष सञ्चालन हुदैँ आएको लेखनाथ महोत्सव लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकाको सहआयोजनामा हुन लागेको हो ।

Batas

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने नारासहित हुन लागेको महोत्सव पोखरा महानगरपालिका २७, तालचोक डाडाकोनाकमा सञ्चालन हुने पत्रकार सम्मेलनमा मार्फत जानकारी दिइएको छ ।

महोत्सवमा झण्डै ३ सय ३६ स्टल रहने बताउँदै हाल सम्म ६० प्रतिशत स्टल बुकिङ भइसकेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।महोत्सव प्रवेशका लागि टिकटको व्यवस्था गरिएको छ । साधारण दिनको टिकट ६० रुपैयाँ साँझ कन्सर्टको टिकट एक सय रुपैयाँ कायम गरिएको जनाइएको छ ।

विद्यार्थीले परिचयपत्रको आधारमा डिस्काउन्टसहित ४० रुपैयाँमा महोत्सव स्थल प्रवेश गर्न पाउनेछन् ।सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा वृद्धा बुवा, आमा, अशक्त र एकल महिलालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दियो ।

महोत्सव सुरु हुनु अघि पौष १ र २ गते विशेष कार्यक्रम समावेश गरिने भएको छ ।विशेष कार्यक्रम अन्तर्गत पौष १ लेखनाथमा जन्मिएका कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा जिल्ला व्यापी माध्यमिक विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता र २ गते कवि शिरोमणि लेखनाथ पौडेलको सम्मानमा राष्ट्रिय स्तरको कविता प्रतियोगिता हुने भएको छ ।

महोत्सवमा पुग्ने दर्शकको मनोरञ्जनलाई ध्यानमा राख्दै महोत्सव अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले उल्लेख गरेको छ ।अन्तर्गत विद्यालय स्तरिय उत्कृष्ट नृत्य कार्यक्रम, लुकेको प्रतिभाको खोजी अभियान,रत्यौली गीत प्रतियोगितामार्फत विशेष प्रस्तुती, शैक्षिक प्रर्दशनी, सुचना प्रविधि प्रदर्शनी, लोपोन्मुख जातजातिका रितिरिवाज, तथा संस्कृति झल्कने नृत्य प्रदर्शनी, विभिन्न झाँकी र्याली तथा भेषभुषा प्रर्दशनी, लाइभ म्युजिक कन्सर्ट समावेश गरिने भएको छ ।

महोत्सवको मुख्य उद्येश्य सरकारले घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुर्याउनु रहेको छ ।महोत्सवमा मुख्यतया औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रर्वद्धन, सोको पहिचान, स्थानीय उत्पान, लघु,घरेलु तथा साना उद्योगहरुको प्रर्वद्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण गरिनेछ ।

त्यस्तै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवम् दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रर्वद्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, आन्तरिक एवम् वाह्य पर्यटकलाई आर्कषित गर्नु महोत्सवको मुख्य उद्येश्य रहेको जानकारी दिइयो ।

२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्नेे आयोजको अपेक्षा रहेकोे छ ।महोत्सवमा झण्डै १५ करोडको आर्थिक कारोबार, १ करोड ३० लाख आम्दानी , १ करोड १० लाख खर्च र २० लाख नाफा हुने आयोजकको अनुमान रहेको छ ।

महोत्सवलाई व्यवस्थित बनाउन ८ सदस्सीय निर्देशक समिति, २७ सदस्यीय, सल्लाहकार समिति, १२ सदस्सीय सल्लाहकार उपसमिति, ३३ सदस्सीय उपसमिति संयोजक र ८८ सदस्सीय कार्यसम्पादन समिति गठन भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.