www.tandavnews.com
Fact ~ In search of truth

कुराकानी गर्नसक्ने अवस्थामा प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा .डा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा रहेका छन् ।

Batas

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान सो सेन्टरमा गएको र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.