www.tandavnews.com
Fact ~ In search of truth

अपडेटःपोखरामा नेकपाको सभास्थल नजिकै बम विस्फोट,पाँच घाईते(नामसहित)

पोखरा ।

पोखरामा बम विस्फोट हुदाँ ५ घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ । नेकपाको चुनावी सभास्थलनजिकै मध्यान्न १२ बजेको समयमा बम विस्फोट भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी प्रदर्शनी केन्द्रस्थित चुनावी सभास्थलबाट करिब दुई सय मिटर पर बम विस्फोट भएको थियो ।

विस्फोटको आवाज आउना साथ भाग्ने क्रममा ५ जना व्यक्तिहरु लड्न गई सामान्य घाईते भएका हुन् । उनीहरुलाई तत्काल पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको थियो ।

घाईते हुनेमा पोखरा महानगरपालिका–१५ गलेश्वर बस्ने ५५ वर्षीया धनमाया सुनार, पोखरा १० बस्ने ५४ वर्षीया कृष्ण गुरुङ अधिकारी,पोखरा १५ गलेश्वर बस्ने ४५ वर्षीया रमिला सार्फी, सोही स्थानकी ५५ वर्षीया जानकी पोख्रेल र सोही स्थानकी ५७ वर्षीया पुर्ण माया वि.क रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई टाउको र ढाडमा सामान्य चोट लागेको छ ।

घाईते सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.