www.tandavnews.com
Fact ~ In search of truth

बैतडीमा कांग्रेस वडाध्यक्ष नेकपा प्रवेश

बैतडी ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए ।

Batas

उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गर्नुभएको थियो । चुनावीसभामा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुँवर, सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, परमानन्द भट्टलगायतले आ–आफ्नो धारणा राखेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.