www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिएका छन् ।

सभापति देउवाले आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा .डा .उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

Batas

डा. श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मंगलबारभन्दा आज सुधार रहेको जानकारी दिएको सभापति देउवाका निजी सहयोगी भानु देउवाले बताए ।

प्रधानमन्त्री ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको छ । स्वास्थ्यमा समस्या आएपछि उनी मंगलबार बिहान सो सेन्टरमा गएका थिए ।

एपेन्डिसाइटिसको विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापछि हाल प्रधानमन्त्री सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा रहेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.