www.tandavnews.com
Fact ~ In search of truth

अर्घाखाँची दुर्घटना अपडेट : १९ को मृत्यु, १८ घाइते

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ र घाइतेको संख्या १८ पुगेको छ ।
दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

Batas

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई घर फर्किएका छन् ।

दुर्घटनामा सो नगरपालिका–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, नाम नखुलेका छ महिने बालक, सन्धिखर्क–७ डिहीडाँडाका ५४ वर्षीय बलराम भट्टराई, आठ वर्षीया मोनिका खड्का छन् ।

कपिलवस्तु चपरगाउँ बस्ने २७ वर्षीया सीता बस्नेत, अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको थियो ।

सन्धिखर्क नगरपाकिला–१० बस्ने छविलाल गैरे, गाडी चालक कपिलवस्तु जिल्ला अन्दाजी ३६ वषीर्य वसन्त भन्ने ओमबहादुर थापा, अर्घाखाँची सितगङ्गा नगरपालिका–२ बस्ने सवारीधनी ३८ वर्षीय सन्तबहादुर बस्नेतको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महतको मात्र सनाखत भएको छ । मृत्यु हुने अन्य आठको सनाखत हुन बाँकी रहेको र शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.