www.tandavnews.com
Fact ~ In search of truth

भरतपुर विमानस्थल १० दिन बन्द हुने

चितवन ।

चितवनको भरतपुर विमानस्थल १० दिन बन्द रहने भएको छ ।

धावनमार्ग (रनवे) ओभरले तथा पार्किङ विस्तारका लागि चितवनको भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको हो भरतपुर विमानस्थलले जनाएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थलको जानकारी अनुसार मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द हुनेछ ।

Lama collectio News Middle

विमानस्थलको रनवे ठाउँ(ठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्न लागिएको विमानस्थल स्रोतले जनाएको छ । रातिको समयमा जाडो मौसम भएकाले चिसो हुने र काम गर्न नसक्ने तथा दिउँसोमा विमानहरुका कारणले काम गर्न असहज हुने भएकोले विमानस्थल बन्द नै गरेर काम गर्नुपर्ने भएको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ ।

धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैयाँ लागत अनुमान गरिएको छ ।बुद्ध र यतिले भरतपुर–पोखरा एक एक उडान गर्दै आएका छन् । प्राधिकरणले विमानस्थल १० दिन बन्द रहने ‘नोटिस’ जारी गर्दैछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop