www.tandavnews.com
Fact ~ In search of truth
Muglan REstaurent & bar

कास्कीका ८२ वटै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामाग्री

पोखरा ।

Lama collectio News Middle

कास्की क्षेत्र नं २ मा मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी लगभग पूरा भएको छ । यस क्षेत्रका ८२ वटै मतदानकेन्द्रमा मतपेटिका लगायत निर्वाचनका सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटिसकिएको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए ।

मतदानअधिकृतसहित खटिएको टोलीले २०७४ सालपछि थपिएका नयाँ र छुट भएका मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र वितरण गरिरहेको छ ।

प्रत्येक निर्वाचन केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कार्यालय सहयोगी र एक सहयोगी गरी पाँच जनालाई निर्वाचनमा खटाइएको छ । यसका साथै, निर्वाचन टोलीलाई सहयोग गर्न चार जना स्वयंसेवक पनि छन् ।

यसैबीच, गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । मौन अवधि दुरुपयोग गरेको सन्दर्भमा कतैबाट उजूरी नपरेको निर्वाचन कार्यालय कास्की प्रमुख सुवेदीले जानकारी दिए।अब चुनाव नसकिदासम्म चुनाव प्रचारप्रसारका गतिविधि सञ्चालन गर्न पाइने छैन् । मौन अवधिमा दलहरुले सभा सम्मेलन गर्ने, भोट माग्ने जस्ता काम गरे निर्वाचन आचार संहिता उल्लघंन गरेको कसुर ठहरिने छ ।

आचारसंहिता उल्लंघनको मात्रा हेरी निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नेदेखि एक लाख रुपैयाँ जरिवनासम्म गर्न सक्ने व्यवस्था रहेको छ । मंसिर १४ गते ३७ जिल्लाका ५२ रिक्त पदको लागि उपनिर्वाचन हुँदैछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...