www.tandavnews.com
Fact ~ In search of truth

सागको सबै तयारी सकियो :मन्त्रि विश्वकर्मा

काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुन लागेको १३ औँ सागको सम्पुर्ण तयारीका काम सकिएको बताएका छन् ।

१३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन्।आज(बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले मंसिर १५ गतेबाट सुरु हुने सागको तयारीको काम सकिएको जानकारी दिएका हुन् ।

साग खेलका केही खेलहरु हिजोबाटै सुरु भैसकेको पनि उनले जनाए। उनका अनुसार महिला र पुरुष भलिवलका खेलहरु सुरु भइसकेका छन्।१३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि यो प्रतिष्ठा र गौरवको विषय भएको उनले बताएका छन्।

सागका हरेक प्रतिष्पर्धामा धेरैभन्दा धेरै पदक जित्नेगरी नेपालले तयारी गरेको बताउँदै उनले सागमा नतिजा राम्रो आउने आशा व्यक्त गरे ।मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले सागको समुद्घाटन गर्नेछिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.