www.tandavnews.com
Fact ~ In search of truth

साग फुटबलमा भारत नआउने भएपछि तालिका परिवर्तन

काठमाडौं।

साग फुटबलको खेल तालिका परिवर्तन भएको छ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष फुटबलमा भारत नआउने भएपछि खेल तालिका परिवर्तन भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार अब मंसिर १६ गतेदेखि पुरुष फुटबल खेल सुरु हुनेछ। यसअघि तय भएको खेल तालिका अनुसार नेपालले बंगलादेशसँग आफ्नो पहिलो खेल खेल्ने थियो। तर भारत नआउने भएसँगै ५ राष्ट्रको मात्रै सहभागिता रहने भएपछि राउण्ड रोविनमा खेल हुन लागेको हो।

अब पुरुष फुटबलको पहिलो खेलमा मंसिर १६ गते बंगलादेशले भुटानसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। त्यहि दिन बेलुकी ५ बजे माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ।नेपालको खेल भने मंसिर १७ गते दिउँसो १ बजे भुटानसँग हुनेछ। त्यस्तै, नेपालले १८ मा श्रीलंका र २० गते माल्दिभ्ससँग खेल्नेछ। त्यस्तै, नेपालले २२ गते राउण्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

अंक तालिकाको शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्ने छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.