www.tandavnews.com
Fact ~ In search of truth

ट्रायथलनको तयारी अन्तिम चरणमा

पोखरा ।

१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तरगत पोखरामा हुने ट्रायथलन खेलको तयारी अन्तिम चरणमा पुगेको छ ।

मंसिर १६, १७ र १८ गते हुने ट्रायथलनका लागि पूर्वाधार निर्माण भईसकेको र आवश्यक सामाग्री सबै खेल स्थलमा आईसकेको हुँदा तयारी अन्तिम चरणमा पुगेको हो । ट्रायथलन अन्तर्गतको पौडीका लागि अन्तिम तयारी भईरहेको, साईकिलिङ र दौडका लागि कुनै समस्या नरहेको कास्की जिल्ला ट्रायथलन संघका सचिव प्रकाश बराल बताउँछन् ।

Batas

बिहीबार फेवातालमा पौडीका लागि शुरुवाती विन्दुका लागि प्लास्टिकका ब्लक हाल्ने काम सम्पन्न भएको छ । अबको २ दिनमा सबै तयारी पुर्ण रुपमा सकिने ट्रायथलनका लागि टेक्नीकल ग्रुपका ईन्चार्ज आशिष कुलले बताए । उनी भन्छन्– ‘पौडीको अन्तिम विन्दुको काम बाहेक अन्य काम सबै सकिएको छ । यो पनि छिट्टै सकिन्छ ।’

पुरुष र महिला दुवै विधामा संचालन हुने ट्रायथलनमा ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको छ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका गरि तिन देशका २८ खेलाडी र ८ अफिसियल गरि ३६ जनाको सहभागीता रहने भएको छ । प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुने समेत सचिव बरालले जानकारी दिए ।

मंसिर १५ देखि २४ गतेसम्म १३औं संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का ८ वटा खेलहरु पोखरामा हुन लागेको हो । ८ खेलमध्ये ट्रायथोलन खेल पनि एक हो । पौडी, साईकलिङ र दौडको मिश्रणलाई ट्रायथोलन भनिने यस खेल भव्यरुपमा सम्पन्न गर्न सम्वन्धित निकाय  तिव्र रुपमा लागि रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.