www.tandavnews.com
Fact ~ In search of truth

तेह्रौँ सागको लागि अग्रिम टिकट बिक्री आज(शुक्रबार)देखि

काठमाडौं ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्ने दर्शकका लागि आजदेखि टिकट बिक्री सुरु भएको छ। मंसिर १५ गतेदेखि सुरु हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले टिकट बिक्री शुरु भएको हो।

सागमा कास्कीको पोखरामा ८ खेल हुँदैछन्। टिकट व्यवस्थापनको जिम्मा स्रोतसाधन परिचालन समितिले लिएको छ। साधारणतर्फ १ सय र सिजनलतर्फ ५ सय टिकट दर कायम गरिएको समितिका संयोजक सञ्जिवबहादुर कोइरालाले जानकारी दिए। यसैगरी बीच भलिबलको टिकट दर २ सय तय गरिएको छ। पोखराको विभिन्न ठाउँका चोकमा १४ टिकट बिक्री कक्ष राखिएको छ।

पोखरामा हुने विभिन्न ८ खेलका लागि ८ सय ४० खेलाडी तथा अफिसियल पोखरा आउँदैछन्। पोखरामा महिला फुटबल र क्रिकेट, बीच भलिबल, भारोत्तोलन, ह्याण्डबल, ट्रायथलन, आर्चरी र ब्याडमिन्टन खेल हुनेछ। नेपालले स्वर्ण आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ।

पोखरास्थित रङ्गशालामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, ह्याण्डबल र धनुकाण खेल हुनेछन् भने भारोत्तोलन पोखरा–१२ माटेपानीमा तथा ट्रायथलन र बीच भलिबल लेकसाइडमा हुने साग खेल प्रचारप्रसार समितिका संयोजक केशव पाठकले जानकारी दिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.