www.tandavnews.com
Fact ~ In search of truth

गगनगौंडामा दुर्घटना, ८ घाईते

पोखरा ।

पोखरा महानगरपालिका वडा नंम्बर ३२ तल्लो गगनगौंडामा सवारी दुर्घटना हुदाँ चालकसहित ८ घाईते भएका छन् ।

पोखराबाट तनहुँ तर्फ जाँदै गरेको बा ३ च ३०८० नं को प्राडो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहित ८ जना व्यक्तिहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घाईते हुनेमा काठमाण्डौं महानगरपालिका–३२ कोटेश्वरका ३१ वर्षीय राजिब बजगाई, सोही स्थानकी २७ वर्षीया प्रियंका बजगाई, सोही स्थानका ६ वर्षीय बालक राधब बजगाई, सोही स्थानका ३१ वर्षीय सर्मित दाहाल, सोही स्थानका २६ वर्षीया अर्पना दाहाल , सोही स्थानकी वर्ष २ कि प्रनिका दाहाल,सोही ठाउँ गोर्खाटारका ३१ वर्षीय टिकादत्त पौडेल सोही स्थानका २४ वर्षीय उत्सव थापा रहेका छन् ।

उनीहरुको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.