www.tandavnews.com
Fact ~ In search of truth

सीमा विवाद मिलाउन अनेरास्ववियुद्धारा मुख्यमन्त्री पोखरेललाई ज्ञापन

रुपन्देही ।

नेपाल–भारतको सीमा विवाद समाधानका लागि पहल गर्न आग्रह गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित प्रदेशअन्तर्गत पर्ने विभिन्न क्षेत्रको सीमा सुरक्षाका लागि कूटनीतिक पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

Batas

अनेरास्ववियु रुपन्देहीका नेता लेखनाथ खनाल र रुपेश पौडेलद्वारा संयुक्त हस्ताक्षरित ज्ञापनपत्रमा प्रदेशअन्तर्गत पर्ने बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्र, बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध, दाङको कोइलाबास, कपिलवस्तुका कृष्णनगर, ठण्डा नदी, रुपन्देहीको दानव नदी (रसियावाल खुर्दलोटन बाँध), सुनौली नाका, नवलपरासीको सुस्ता नर्साही, वाल्मीकि आश्रम, दारानाला–दारीचुरे सीमा क्षेत्रमा विवाद रहेकाले अविलम्ब समाधान गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ भित्रका जिल्लामा रहेको सीमा विवादका बारेमा अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाएकाले छिट्टै समाधानका लागि पहल हुने विश्वास व्यक्त गरे । उनले प्रमाणका आधारमा सरकारले कूटनीतिक पहल गरी सीमा समस्या समाधान गर्ने बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.