www.tandavnews.com
Fact ~ In search of truth

यसकारण चुनावकाे मुखैमा भयाे बैदामकाे डिएसपीकाे सरूवा

पोखरा ।
गत मंसिर ११ गते पोखराको प्रदर्शनी केन्द्रमा सत्तारुढ दल नेकपाले बृहत चुनावी सभा आयोजना गरेको थियो । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड, सुबासचन्द्र नेवाङ, बामदेव गौतम लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम थियो । सुवास नेवाङले सभालाई सम्बोधन गर्दा गर्दै सभाको पश्चिमी छेउमा बम विस्फोट भयो । सुरक्षा ब्यवस्था कडा बनाइएको भनिएको उक्त कार्यक्रमको छेवै कम विस्फोट भएपछि यहाँका एक डिएसपीको कार्यक्षमतामा प्रश्न उठाउँदै सरुवा गरिएको छ । वडा प्रहरी कार्यालय बैदाममाका प्रमुख डिएसपी कोमल शाहलाई सोही कार्यक्रममा सुरक्षा ब्यवस्था राम्रो गर्न नसकेको भन्दै प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उनलाई उपनिर्वाचन हुने भन्दा दुई दिन अगाडी बिहिबार सरुवा गरिएको हो । बम विस्फोटमा पाँच जना घाइते समेत भएका थिए । पोखराको प्रदर्शनी केन्द्रमा बम विस्फोट भएको थियो । उक्त केन्द्र बैदाम प्रहरी चौकीको कार्यक्षेत्रमा पर्छ । डिएसपी कोमल शाहलाई प्रदेश प्रहरी कार्यालयले नै प्रदेशमा तानेको हो ।
‘ठुला नेता आएको कार्यक्रममा सुरक्षा दिन नसकेको भनेर होइन,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले ‘सागको खेलकुदको सुरक्षाको कमाण्ड समाल्ह आउनु भएको हो ।’ उनले बैदाम प्रहरी चौकी पनि प्रदेश कार्यालयबाटै शाहले हेर्ने दाबी गरे ।
प्रदेश प्रहरी कार्यालय स्रोतले भने कोमल शाहको सरुवाको कारण प्रचण्ड लगायतको नेता आएको कार्यक्रममा बम विस्फोट हुनुलाई बताएको छ । ‘भन्नलाई जे भनेनी बुधबार प्रचण्ड आएको कार्यक्रममा बम विस्फोट भएपछि सुरक्षा दिन नसकेको भन्दै सरुवा गरिएको हो,’ प्रहरी उच्चस्रोतले भन्यो, ‘प्रदेश कार्यालयबाट कसरी हेर्ने बैदाम चौकीको काम यो हुनै सक्दैन ।’ वडा प्रहरी कार्यालय बैदाम कास्कीकै धेरै ब्यस्त प्रहरी कार्यालय हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.