
पोखरा,
ताण्डव न्यूज ।
उपनिर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाएको प्रहरीले बताईरहँदा कास्कीमा भने बम विस्फोटको क्रम बढीरहेको छ ।
पोखरामा हालसम्म ४ विस्फोट भईसकेको छ । भर्खरै मात्र पोखरा १६ स्थित चण्डिका आधारभुत मतदान केन्द्रको प्रांगणमा बम बिस्फोट भएको सुचना प्राप्त भएको छ। सुचना अनुसार मानवीय क्षति भने भएको छैन ।

यसअघि पोखरा ३३ को सरस्वती मावि मतदान केन्द्र, पोखरा ९ नयाँ बजारको नवप्रभात मावि मतदान केन्द्र र पोखरा १६ को अर्मलामा बम विस्फोट भएको थियो ।पोखरा ९ को मतदान केन्द्रमा झण्डै २० मिनेट मतदान समेत स्थगित भएको थियो ।
बम विस्फोट भएपछि मतदाताहरु भागेका थिए । बम विस्फोट भएपछि त्रास फैलिएको पोखरा ९ का मतदाता रमेश श्रेष्ठले बताए । बम विस्फोट भएपछि त्रास फैलिएको पोखरा ९ का मतदाता रमेश श्रेष्ठले बताए ।
‘म विहानै आएको भोट हाल्ने बेलैमा पड्कीयो,’ उनले भने, ‘आफ्नो मताधिकार प्रयोग गर्न पनि यस्तो डर । मसँगै आएका केहि साथी त भोट नहाल्ने भन्दै फर्किए ।’ गएको बुधबार नेकपाको चुनावी सभामा हुँदै गर्दा पोखराको प्रदर्शनी केन्द्रमा बम विस्फोट भएको थियो । त्यसको अघिल्लो दिन पोखरा १७ मा वडा अध्यक्षको गाडीमा पनि बम विस्फोट गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले सबै मतदान स्थलमा कडा सुरक्षा ब्यवस्था गरिएको जानकारी दिए । कास्कीमा प्रतिनिधी सभा सदस्यको लागि नेकपाबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना शर्मा उम्मेदवार छन् ।
त्यस्तै नेकपा मालेका टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङले उम्मेदवारी दिएका छन । कास्कीमा पोखरा महानगरपालिकाका ११ वटा वडाका मतदाताले भोट खसाल्नेछन । यहाँ ७१ ह्जार ८ सय ७१ मतदाता छन ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.