www.tandavnews.com
Fact ~ In search of truth

कास्की २ उपनिर्वाचन:प्रशासनको अनुमति नलिएका डेढसय सवारी प्रहरी नियन्त्रणमा

पोखरा ।

मतदानको दिन अत्यावश्यक बाहेका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा लगाउँदै अटेर गर्ने डेढ सय सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की प्रहरीले गएराती १२ बजेदेखि सवारी सञ्चालक अनुमति पास बिनाका सवारी सञ्चालनमा रोक लगाएको थियो । जिल्ला ट्राफिक कार्यालय कास्कीले दिएको जानकारी अनुसार गएराती १२ बजेदेखि अहिलेसम्म झण्डै एक सय ५० बढी सवारीलाई नियन्त्रणमा लिइएको छ । अनुमति बिना सवारी चलाउने र नियन्त्रण लिइनेमा मोटरसाइकल र स्कुटर धेरै रहेको ट्राफिकले जनाएको छ ।

Batas

उपनिर्वाचन अन्तर्गत मतदानको दिन आज कास्की जिल्लाभर सवारी संचालन र प्रवेशमा रोक लगाइएको छ ।प्रहरीले पोखराको महेन्द्रपुल र पृथ्वी चोक ट्राफिक कार्यालय अगाडी चेकिङको क्रममा पास नभएका सवारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।नियन्त्रणमा लिइएको सवारी साँझ ५ बजेपछि मात्र छाडिनेछ ।

अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन ।

यस्तै चुनावको समयमा अन्य जिल्लाबाट आउने सवारी प्रवेशमा पनि कडाइ गरिएको छ । कास्की जिल्ला आवतजावत गर्ने सवारीलाई तीन वटा प्रवेश बिन्दुमा रोकेर राखिएको प्रहरीले जानकारी दिएको छ ।

पूर्वमा विजयपुर खोला, पश्चिम–उत्तरमा हेम्जाको याम्दी पुल, दक्षिण–पश्चिममा पोखरा–२२ को कालीमाटी खोलामा रोकेर राखिएको छ ।प्रवेश बिन्दुमा रोकेर राखिएका सवारीलाई प्रत्येक तीनरतीन घण्टाको अन्तरालमा स्कर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । पहिलो स्कर्टिङ साढे १० बजे गरिएको छ । दोस्रो स्कर्टिङ १ बजे र तेस्रो स्कर्टिङ ३ बजे गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ती सवारीले बीचमा कुनै सवारी चढाउन र ओराल्न पाउने छैनन् । यसका साथै मतदान समाप्त नहुँदासम्मको अवधिमा अपरिचित व्यक्तिको प्रवेश, अस्वभाविक व्यवहार, शंकास्पद गतिविधि देखिएमा नजिकैको प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि अहिले कास्कीमा मतदान जारी छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.