www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १६ चण्डिका आधारभुत मतदान केन्द्रमा बम विस्फोट

पोखरा,
ताण्डव न्यूज ।

उपनिर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाएको प्रहरीले बताईरहँदा कास्कीमा भने बम विस्फोटको क्रम बढीरहेको छ ।

पोखरामा हालसम्म ४ विस्फोट भईसकेको छ । भर्खरै मात्र पोखरा १६ स्थित चण्डिका आधारभुत मतदान केन्द्रको प्रांगणमा बम बिस्फोट भएको सुचना प्राप्त भएको छ। सुचना अनुसार मानवीय क्षति भने भएको छैन ।

Batas

यसअघि पोखरा ३३ को सरस्वती मावि मतदान केन्द्र, पोखरा ९ नयाँ बजारको नवप्रभात मावि मतदान केन्द्र र पोखरा १६ को अर्मलामा बम विस्फोट भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.