www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा तारजालीकाे घेरा भित्र हुनेछ मतगणना

पोखरा ।
कास्कीमा शनिबार भएको प्रतिनिधी सभा सदस्यको उपनिर्वाचनमा करिब ६५ प्रतिशत मत खस्यो । विहान ७ बजे देखि साँझ पाँच बजेसम्म मतदान भएको थियो । कास्की २ मा पोखराका ११ वटा वडा पर्छन् । सबै मतदान केन्द्रबाट मतपेटीकाहरु मत गणना स्थानमा नआइसकेकोले आजै गणना हुने या नहुनेबारे सर्वदलिय बैठक बस्न पाएको छैन । यद्यपी जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन कार्यालयको सहकार्यमा जिल्ला समन्व्य समितिको हलमा मत गणना हुनेछ । मत गणना स्थलमा फलामे तारले बार लगाइएको छ । साथै बाहिर कडा सुरक्षा ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।

कास्की २ मा ७१ हजार ८ सय ७१ जना मतदाता थिए । त्यसमध्ये ४५ हजार ६ सय १७ मत खसेको मतदान अधिकृतहरुले तथ्यांक दिएका छन् । निर्वाचन कार्यालयले अझै पनि कति मत खसेको भनेर जानकारी दिएको छैन । मतदान यहाँको वडा नम्बर २ मा १ हजार ५ सय ४० मत खसेको छ भने ७ नम्बर वडामा २ हजार ९ सय १७, ८ मा ३ हजार ९ सय ३९, ९ मा ३ हजार ३८, ११ मा ३ हजार ८ सय २१ र १५ वडामा ४ हजार ८ सय ४ मत खसेको छ । यस्तै, १६ नम्बरमा ६ हजार ५ सय २६, १७ मा ६ हजार ३ सय ९२, २० मा २ हजार २ सय ४१, २१ मा ४ हजार ७ सय ५८ र ३३ नम्बर वडामा ५ हजार ६ सय ४१ मत खसेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै ३३ नम्बर वडामा मतदान भएको छ । नेकपाकी उम्मेदवार विद्या भट्टाईले पनि यही वडाबाट मतदान गरेकी थिईन् ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट ७० प्रतिशत भन्दा बढी मत खसेको थियो । ४९ हजार मतदान भएको यो क्षेत्रमा अहिले कम मत खसेको हो । पोखरामा शनिबार भएको निर्वाचनमा केहि ठाउँमा मतदाताले त्रासमा मत खसाले । यहाँको चार वटा मतदान केन्द्र नजिकै बम विस्फोट भयो । यद्यपी बम विस्फोट कस्ले गरायो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि मतदानस्थल, पोखरा १६ वडा शान्ती माबी मतदानस्थल, पोखरा ३३ शान्ति उदय माध्यमिक विद्यालयको मतदानस्थल र पोखरा १६ चण्डिका मतदानस्थल नजिकै बम बिस्फोट भएको हो । बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो । बम विस्फोट पछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.