www.tandavnews.com
Fact ~ In search of truth

कास्की–२ को मतगणना जारी, नेकपा अगाडि

पोखरा ।

कास्की–२ को मतगणना जारी रहेको छ । गएराती साढे १ बजे बाट सुरु भएको मतगणना अन्तर्गत पोखरा ३३ को मत गनेर सकिएको छ । पोखरा ३३ को मतगणना अनुसार नेकपा काँँग्रेस भन्दा ११ सय ६१ मतले अघि रहेको छ ।

वडा नम्बर ३३ मा ५ हजार ६ सय ४२ मत खसेको थियो । त्यहाँ ७ हजार ९ सय ९१ कुल मतदाता थिए ।मतगणना पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समिती कास्कीको हलमा जारी छ। अहिले वडा नम्बर २१को मतगणना जारी रहेको छ । वडा नम्बर २१ मा २५०७ मले नेकपा अगाडि रहेको छ भने २ वटा वडा गन्दा ३७७४ मतले अगाडी देखिएको छ ।

Batas

शनिबार राती साढे १० बजे नै सुरु गरिने भनिएको मतगणना आइतबार बिहान झण्डै साढे १ बजे सुरु भएको थियो । मतदान केन्द्रबाट उठाइको मुचुल्का जानकारी नगराइए पछि पहिलो विवाद सुरु भएको थियो ।

समाजवादी पार्टीका उम्मेदवार प्रतिनिधि टिकाराम पौडेलले वडा नम्बर ३३ का सबै मतपेटिकामा खसेको मत जानकारी गराउन माग गरेका थिए । सम्बन्धित पक्षले तपाईं आफैं जोड्नुस भनेपछि विवाद चर्किएको थियो । त्यो विषय समाधान भएपछि मत पेटिकाको शिल नम्बर जानकारी गराउन उम्मेदवारका प्रतिनिधिले माग गरेका थिए । निर्वाचन अधिकृतले आफ्नै प्रतिनिधिसंग सिल नम्बर माग्न भनेको थियो । सिल नम्बरको प्रतिलिपी नदिएपछि फेरि विवाद सुरु भयो ।

कास्की २ मा कूल ६३।४० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयको अनुसार जम्मा मतदाता ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.