www.tandavnews.com
Fact ~ In search of truth

नेकपा उम्मेदवार दोब्बर मतले अगाडि

पोखरा
ताण्डव न्यूज ।

कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छन्। अहिलेसम्म पोखरा महानगर ३३,२१ र २० नम्‍बर वडाको मत गणना सकिएको छ।

तीनवटा वडाको मत गणना गर्दा नेकपाकी उमेद्वार विद्या भट्टराई कांग्रेसका उमेद्वार खेमराज पौडेलभन्दा दोब्बर बढी मतान्तरले अगाडि छिन्।

Lama collectio News Middle

पछिल्लो मतपरिणामअनुसार विद्याले ८ हजार २ सय ६५ मत ल्याउँदा खेमराजले ३ हजार ६ सय ८२ मत ल्याएर पछ्याइरहेका छन्।

कास्की २ मा ७१ हजार आठसय ७१ मतदाता रहे पनि ४५ हजार ५६३ जनाले उपनिर्वाचनमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop