www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीले आईसीयुबाटै सागको लाइभ हेर्ने

काठमाडौं ।

अस्पतालको आईसीयुमा रहेर आराम गरिरहेका प्रधानमन्त्री ओलीले आईसीयुकै बेडबाट सागको उद्घाटन कार्यक्रम हेर्ने भएका छन् ।

एपन्डिसाइटिसको अपरेसन पछि प्रधानमन्त्री ओली अस्पतालमै रहेका छन् । आज हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन समारोह ओलीले अस्पतालबाटै हेर्ने भएका हुन् ।

Batas

राष्ट्रपति विद्यादेवी भण्डारीले आज(आइतवार )साँझ ५ बजे सागको उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने पूर्वतालिका थियो। तर एपेन्डिसाइटिसका कारण पेटमा संक्रमण भएर अप्रेशन गर्नुपरेपछि ओलीको सम्बोधन कार्यक्रम रोकिएको छ ।

सरकारले सागलाई भव्य बनाउने गरी तयारी पनि त्यहीरुपमा गरिरहेका बेला ओलीले आईसीयुबाटै उद्घाटन कार्यक्रम हेर्ने इच्छा जनाएको उनको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिए। त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको पाँचौ तल्लास्थित आईसीयुमै लाइभ कार्यक्रम हेर्ने व्यवस्था गर्न लागिएको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.