www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा साग उद्घाटन, व्याड्मिन्टनमा नेपाल अन्तिम चारमा

सुशान्त गाहा मगर

पोखरा/ताण्डव न्यूज ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा हुने खेलको आज(आइतबार) उद्घाटन भएको छ ।

Batas

१३ औं साग स्थानीय सहजीकरण तथा व्यवस्थापन समिति संयोजक तथा गण्डकी प्रदेश सामजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गरेकी हुन् । आगामी २५ गतेसम्म पोखरामा हुने सागको व्याड्मिन्टन तर्फको उद्घाटन खेलमा नेपालका रत्नजीत तामाङले भुटानका खेलाडी अनिश गुरुङलाई २१–६, २१–९ को सोझो सेटले पराजित गरे । त्यस्तै दोस्रो खेलमा नेपाली खेलाडी दिपेश धामीले भुटानकौ नैदुप दोर्जे २१­–१३, २१–१४ सोझो सेटमा सहज जित निकाले ।

तेस्रो खेलमा प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१–५ को सेटमा पराजित गरेपछि नेपाल मेन्स टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

महिलातर्फ टिम इभेन्टमा नेपाल र बंगलादेशबीच खेल भएको थियो । खेलमा नेपालकी नङसाल तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८, १५–२१ र २१–१७ को सेटमा पराजित गरिन् । त्यस्तै, रशीला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा पराजित गरिन् ।

आइतबार नै भएको अर्को खेलमा जेशिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २–० को सोझो जीत निकालेकी छिन् । उनले पहिलो सेट २१–१८ र दोस्रो सेट २२–२० अंकले जित निकालिन् । १३ औं सागका २७ खेल पोखरा सहित काठमाडौं र जनकपुरमा हुँदैछन् ।

कहाँ हुदैछ खेल ?

साग अन्तर्गत पोखरामा आर्चरी, महिला फुटबल र क्रिकेट, ब्याडमिन्टन, ह्यान्डबल, ट्रायथोलन, भारोत्तोलन र ब्याडमिन्टन हुनेछन् । महिला क्रिकेट पोखरा रंगशालास्थित क्रिकेट रंगशालामा १६ गते हुनेछ ।

आर्चरी पोखरा रंगशालामा १९ गते हुनेछ । १७ गते महिला फुटबल, ह्यान्डबल १८ गते, बिच भलिबल बाराही घाटमा १९ गते, र भारोत्तोलन माटेपानीमा १९ गते हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.