www.tandavnews.com
Fact ~ In search of truth

कास्की-२ मा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी, खेमराजले दिए बधाइ

पाेखरा । कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । विद्याले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार भन्दा धेरै मतले हराएकी छन् । विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा खेमराजले १५ हजार ९ सय ९१ मत मात्रै ल्याउन सके। पराजय स्वीकार्दै कांग्रेस उम्मेदवार खेमराजले विद्यालाई बधाई दिएका छन् । उनले कार्यकाल सफलताको शुभकामना दिँदै विद्यालाई खादा र माला लगाइदिएर बधाई दिएका हुन् ।

पोखरा महानगरको ११ वटा वडा पर्ने कास्की २ मा २१ जना प्रतिनीधि सभा सदस्यको लागि चुनावी मैदानमा थिए । तेस्रो भएका समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार नौसय २२ मत ल्याए । त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार एकसय ५३ मत ल्याए ।
साझाकी रजनी केसीले नौसय ४२ ल्याइन गंगा मल्ल हलो चिन्हकी उमेद्वारले ९५, हँसिया तारा चुनाव चिन्ह भएका टेकनारायण भण्डारीले ५१, घर चुनाव चिन्हका पूर्ण बहादुर रानाले ३५, कुखुराको भाले चुनाव चिन्हका रियाज गुरुङले १३८, करुवा चिन्हका चन्द्रबहादुर रानाभाटले २८, जरायो चिन्हका विरबहादुर विकले ११ , किताब चिन्हका उमनाथ गौतमले एक, कमलजंग कुँवर शंख चिन्हले ६१, विवेकशिलकी जमुना शर्माले ७७ मत, क्यामेरा चिन्हका दिपक रेग्मीले ५, कलम चिन्हका नवराज बास्तोलाले १८, आँप चिन्हका यज्ञप्रसाद पंगेनीले १, डोजर चिन्हका रनबहादुर दमैले ४, माहुरी चिन्हकी लक्ष्मी कुमारी भूजेलले ४,सुनिल बहादुर कोइराला टेबुल चिन्हले ११ मत र क्रिकेटको ब्याट चुनाव चिन्हका सुनिल भूषालले ४ मत ल्याए । यहाँ बदर मत ६०० भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.