www.tandavnews.com
Fact ~ In search of truth

साग अन्तर्गतको ट्रायथलन आज(सोमबार)देखि शुरु

पोखरा ।

१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पोखरामा हुने ट्रायथलन खेल (मंसिर १६ गते) आजदेखि शुरु हुने भएको छ । ३ दिनसम्म चल्ने ट्रायथलन प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुने भएको हो ।

नेपाल, भारत र श्रीलका गरि तिन देशका २६ खेलाडीको सहभागिता रहने खेलमा पुरुष र महिला दुवै विधामा संचालन हुनेछ । खेल तालिका अनुसार १६ गते पहिलो दिन पुरुष र महिलातर्फको स्प्रिन्ट बिधाको ट्रायथलन, १७ गते दोश्रो दिन पुरुष र महिलातर्फको स्प्रिन्ट विधाको दुवाथलन र १८ गते अन्तिम दिन मिक्स ट्रायथलन हुने भएको छ ।

ट्रायथलनका लागि पुरुष र महिला दुवै विधामा ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साईकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको छभने दुवाथलनका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ । त्यसैगरि मिक्स ट्रायथलनका लागि ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

पोखराको फेवातालको छेउ कोमागाने पार्कबाट शुरु हुने प्रतियोगितामा भाग लिने सबै देशका खेलाडीहरु तयारी अवस्थामा रहेका नेपालका लागि ट्रायथलन कोच सानुभाई पौडेलले जानकारी दिए ।
पौडी, साईकलिङ र दौडको मिश्रणलाई ट्रायथोलन भनिने यस खेल भव्यरुपमा सम्पन्न गर्न सम्वन्धित निकाय तिब्र रुपमा लागि रहेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.