www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी विकास बैंकको तीन शाखा विस्तार

पोखरा ।

गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा गरी थप तीन शाखा कार्यालयहरुको विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरीएको बैंकबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यो संगै बैंकको शाखा सञ्जाल मुलुकभरीका विभिन्न ६२ स्थानमा पुगेको छ । बंैकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै ग्राहकका लागि आधुुनिक बैंकिंङ सेवा प्रदान गरिने जनाईएको छ ।

बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड पुर्याएको छ ।यी शाखा कार्यालयहरुको विस्तार पश्चात वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ६२ वटा शाखा कार्यालय मार्फत पूर्णकालिन बैंकिङ सेवा प्रदान गर्नेछ । बैंकले ग्राहकको लागि आकर्षक व्याजदरका विभिन्न निक्षेप योजना परिचालन गर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह समेत गरी राखेको छ ।

यस अतिरिक्त बैंकले  एबिबिएस  ABBS Service) सर्भिस, एटिएम (ATM), एसएमएस (SMS), सी–एएसबीए (C-ASBA), आइपीएस (IPS), मोबाइल(Mobile)  बैकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

साथै बैकका विभिन्न ठाउँमा १५ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिङ सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले वताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.