www.tandavnews.com
Fact ~ In search of truth

सागःपोखरामा भएको ट्रायथलनमा नेपाललाई स्वर्ण

पोखरा,
ताण्डव न्यूज ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ट्रायथलनमा नेपालले स्वर्ण पदक जितेको छ ।

आज (सोमबार) भएको महिला ट्रायथलनमा नेपालको तर्फबाट पोखराकी सोनी गुरुङले स्वर्ण अन्य ५ खेलाडीलाई पछि पार्दै पदक जितेकी हुन् । सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेकी थिईन ।

Batas

त्यस्तै भारतकी सारोजिनी देवीले १ घण्टा १४ मिनेटमा निर्धारित दुरी पार गर्दै रजत पदकको हकदार बनिन भने सोही देशकै प्रगन्या मोहनले १ घण्टा १४ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै कास्य पदक प्राप्त गरिन । यस अघि बिहान भएको पुरुषतर्फको ट्रायथलनमा भारतका आदर्शले १ घण्टा २ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जितेका थिए ।

भारतकै विश्वजीत सकिमले १ घण्टा २ मिनेट ५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक जिते । भने नेपालका बसन्त थारुले १ घण्टा ३ मिनेट ६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै काश्य पदक हात पारे । गौरीघाटबाट सुरु भएको ट्रायथलनमा ७५० मिटर स्वीमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड भएर सकिएको थियो ।

ट्रायथलन, द्वयथलन र रिले गरी ३ दिनसम्म चल्ने प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुँदैछ । नेपाल, भारत र श्रीलका गरि ३ देशका २६ खेलाडीको सहभागिता रहने खेलमा पुरुष र महिला दुवै विधामा संचालन हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.