www.tandavnews.com
Fact ~ In search of truth

सागःफेरि करातेले थप्यो अर्को स्वर्ण पदक

काठमाडौं ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले फेरि अर्को स्वर्ण थपेको छ । करातेतर्फ महिला टिम कातामा नेपालले स्वर्ण पदक जितेको हो।

नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो। टिम कातामा सरु कार्की, निर्मला तामाङ र संगीता मगरले जितेका हुन्।नेपालले २४.८८ अंक ल्याउँदा २३.३ अंक ल्याए।

यसअघि नेपालका मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.