www.tandavnews.com
Fact ~ In search of truth

महिला क्रिकेट:अन्जलीको जादुमय प्रदर्शनसँगै नेपालको सहज जीत

सुशान्त गाहा मगर,

ताण्डव न्यूज/पोखरा ।

अन्जली चन्दको उत्कृष्ट प्रर्दशनसँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटमा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको छ माल्दिभ्सले दिएको १०.१ ओभरमा दिएका् १७ रनको झिनो लक्ष्य नेपालले पाँच बलमै पुरा गर्दै पराजित गरेको हो । यो जितसँगै विश्वकै सर्वाधिक छिटो जितको तेस्रो जित बनेको छ ।

दोस्रो ईनिङको पहिलो नो बलमा नेपालकी ओपनर काजल श्रेष्ठले चौका प्रहार गरिन् । श्रेष्ठले ५ बलमा ३ चौका सहित १३ रनमा अविजित रहिन् ।

त्यसअघि अन्जली चन्दले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको थियो । नेपालको आक्रामक बलिङमा माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्यले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याट्स वुमनलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् । भोली (मंगलबार) श्रीलङ्का र माल्दिभ्स बिच खेल हुनेछ भने नेपालले पर्सि (बुधबार) बङ्गलादेशको सामना गर्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.