
सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज पोखरामा सम्पन्न दुआथलन पुरुष तर्फ नेपालले स्वर्ण पदक जितेको छ ।

लेकसाईडमा आज सम्पन्न उक्त प्रतियोगिताबाट नेपालका लागि हिमाल टमाटाले दुआथलनमा स्वर्ण पदक दिलाएका हुन् ।त्यस्तै सोही प्रतिस्पर्धामा नेपालका लागि लक्ष्मण मल्लले रजत पदक जिते भने श्रीलंकाका आसेष परेभाले काश्य पदक जिते ।

भोली (बुधबार) सोही स्थानमा रिले दौड हुने छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।