www.tandavnews.com
Fact ~ In search of truth

साग महिला फुटबल:सरुको गोलसँगै नेपालको विजयी सुरुवात

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

१३ औं एशियन खेलकुद खेदकुद (साग) अन्र्तगत पोखरामा भएको महिला फुटबलमा नेपाली टोली विजयी भएको छ ।

पोखरा रङ्गशालामा मंगलबार सम्पन्न पहिलो खेलमा ० का विरुद्ध १ गोल गर्दै नेपालले श्रीलङ्कालाई पराजित गरेको हो ।नेपालको जितका लागि सरु लिम्बुले निर्णायक गोल गरे । उनले दोस्रो हाफको ८८ औं मिनेटमा वन टच बललाई गोलको दिशा देखाउदै गोल गरे । नेपालको पहिलो जित सँगै ३ अंक बटुल्न सफल रह्यो ।

Batas

खेल अवधीभर नेपालले श्रीलङ्कालाई दवाबमा राखेपनि १ गोल मात्र निकाल्न सक्यो । यता श्रीलङ्काले पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलमा हार व्यहोर्न पर्याे । नेपाले पर्सी (बिहिबार) माल्दिभ्स सँग भिड्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.