www.tandavnews.com
Fact ~ In search of truth

देशका सडक असुरक्षित, सुरक्षा प्रत्याभूतको माग

काठमाडौं ।

मौलिक जरोकिलो पार्टीले सर्वसाधारणलाई सडक सुरक्षाको प्रत्याभूति गराउन र प्रत्येक सडक दुर्घटनालाई गम्भीरतापूर्वक लिएर भविष्यका लागि पाठ सिक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सडक यातायात असुरक्षित हुँदै गए पनि सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षाको विषयमा सरकार गम्भीर नभएको पार्टी प्रवक्ता लीलाबहादुर बानियाँले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बागलुङको बडिगाडमा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएका यात्रुप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गत हप्तामात्र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा बस दुर्घटना हुँदा १९ को मृत्यु भएको घटना नसेलाउँदै फेरि बागलुङमा जीप दुर्घटना भएको हो ।

यसअघि दशैँ र तिहारमा पनि सिन्धुपाल्चोकमा ठूला दुई बस दुर्घटना भएका थिए ।दैनिक औसत छ जना नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

सवारी चालक तथा पैदलयात्रुलाई सडकको सुरक्षित प्रयोग सम्बन्धी जनचेतना जगाउन सो पार्टीले सरकारलगायत सरोकार भएका निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.