www.tandavnews.com
Fact ~ In search of truth

अब पुलिस रिपोर्ट अनलाइनबाटै

काठमाडौं ।

नेपाल प्रहरीले पुलिस रिपोर्टका लिनका लागि अनलाइन सिस्टम लागू गरेको छ । आइतबार (मंसिर १५ गते) देखि अनलाइन सिस्टम लागू गरेपछि पुलिस रिपोर्ट लिन कै लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

पुलिस रिपोर्ट बनाउनका लागि धेरै खर्च गरेर काठमाडौंसम्म पुग्नुपर्ने र घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न लागि अनलाइन सिस्टम ल्याएको नेपाल प्रहरीले जनाएको छ ।

पुलिस रिपोर्टको लागि अनलाइन फर्म भर्ने तरिका यउअच।लभउबउियष्अिभ।नयख।लउ मा जाने अथवा नेपाल प्रहरीको बेवसाइटमा गएपछि दायाँतर्फ पुलिस क्लिरेनस रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि एउटा डाइलग बक्स खुल्छ, जसमा पहिले नै रजिस्ट्रेसन भएको खण्डमा इमेल र पासवर्ड हान्ने यदि पहिले रजिस्ट्रेसन भएको छैन भने रजिस्ट्रेसन गर्न सकिन्छ ।दोस्रो चरणमा नेपाली र विदेशी छान्नका लागि विकल्पहरू देखिन्छन्, नेपालीले आईएम नेपालीमा क्लिक गर्नुपर्ने हुन्छ ।त्यसपछि अर्को चरणमा आफ्नो नाम, थर, लिंग, फोन नम्बर र इमेल आईडी राखेर क्याप्चा नम्बर राखी रजिस्ट्रेसन गर्न सकिन्छ ।

रजिस्ट्रेसन भइसकेपछि तपाईंको मोबाइल र इमेल आईंडीमा केही समयको लागि पासवर्ड उपलब्ध हुन्छ, जुन पासवर्ड आफूले आफ्नो नयाँ पासवर्ड बनाइ सक्दासम्म मात्र काम लाग्छ ।त्यसपछि नयाँ पासवर्ड बनाउनका लागि डाइलग बक्स खुल्छ, त्यसमा नयाँ आफूले चाहेको पासवर्ड बनाउन सकिन्छ ।

आफूलाई उपलब्ध भएको पासवर्डले रजिस्ट्रेसनको प्रक्रिया खुल्छ, त्यसपछि आफ्नो सम्पूर्ण विवरण राख्ने ५ चरणको डाइलग बक्स खुल्छ ।पहिलो चरणमा आफ्नो नामथर, बुवाआमाको नाम थर, जन्म मिति र फोटो राख्नुपर्ने हुन्छ । फोटो ३।५ सेन्टीमिटर र ४।५ सेन्टिमिरमा क्रप गरेर राख्नुपर्ने हुन्छ ।

अन्तिममा केका लागि पुलिस रिपोर्ट लिने खुलाउनुपर्ने हुन्छ ।दोस्रो चरणमा नागरिकताको विवरण भर्ने ठाउँ आउँछ जसमा पुरानो र नयाँ नागरिकताको आधारमा एउटाबाट भर्न सकिन्छ ।अर्को डाइलग बक्समा आफू रहेको देश कुन त्यस ठाउँको ठेगाना राख्नुपर्ने हुन्छ ।तेस्रो चरणमा नागरिकता र पासपोर्टका फोटो अफलोड गर्नुपर्ने जनाइएको छ ।

चौथो चरणमा अपराधिक इतिहासको बारेमा राख्नुपर्ने हुन्छ यदि छ भने यस र छैन भने नो भन्ने विकल्पमा क्लिक गर्नुपर्नेछ ।अन्तिम चरणमा तपाईंले भरेको सम्पूर्ण विवरण देखाउँछ यदि नमिलेको खण्डमा सच्याउन पाइने जनाइएको छ । यदि ठीक छ भने क्याप्चा दिएर रजिस्ट्रेसन गर्न सकिन्छ ।

रजिस्ट्रेसन गरिकेपछि तपाईंलाई एप्लिकेसन नम्बर आउनेट । फर्म भरेको ३ दिनपछि नेपाल प्रहरीको केन्द्रीय कार्यलयको चालचलन शाखाबाट पुलिस रिपोर्टको सक्कल लिन सकिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.