www.tandavnews.com
Fact ~ In search of truth

साग पोखरा :ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

पोखरा।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

तीन दिन सम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले ट्रायथलन महिला तर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक-एक स्वर्ण नेपाललाई दिलाएका थिए ।

wardno4

त्यसैगरि दुआथलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमीबुढा मगरले नेपाललाई रजत पदक दिलाएका छन् । साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजत पदक प्राप्त गरेको थियो ।

त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्रायथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए । यो सँगै नेपालले ट्रायथलनमा कुल ६ पदक प्राप्त गरेको छ ।नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्यगरि कुल ५ पदक हात पारेको छ । त्यसैगरि श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदकमा चित्त बुझाएको छ ।कुल ५ स्वर्ण सहित १५ पदकका लागि साग अन्तर्गतको ट्रायथलनमा तीन देशको सहभागिता रहेको थियो ।

बुधबार भएको मिक्स टिम रिले ट्रायथलनमा भारतको तर्फबाट प्रग्न्या मोहन, एम एस आदर्श, सोरोजिनी देवी थाउदम र विश्व रजित साइखोमले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्तथारुले सहभागिता गरेका थिए ।

त्यसैगरि श्रीलंकाको तर्फबाट पुभिनीका हान्दावाला, आशंका निलवीरा, गयाना दशनाएके र छलका विक्रमा रच्चीको सहभागिता थियो ।भारतको टिमले निर्धारित दुरी १ घण्टा ३५ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हासिल गरेको थियो ।

Mahanagar add

त्यस्तै १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हासिल गर्न सफल भएको थियो । श्रीलंकाको टिमले १घण्टा ४१ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझायो ।मिक्स टिम रिले ट्रायथलनका लागि३ सय मिटर दुरीको पौडी, ७.५ किलोमिटरको साईकिलिङको दुरी र २.५ किलोमिटर दुरीको दौड तय गरिएको थियो ।

ट्रायथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् ।

व्यक्तिगततर्फ बाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैया दिने घोषणा गरेका हुन् । त्यसैगरि गण्डकी प्रदेश सांसद दिपक कोईरालाले समेत पदक विजेता खेलाडीलाई नगद दिने घोषणा गरेका छन् । उनले स्वर्ण पदक ल्याउनेलाई २५ हजार, रजत पदकका लागि १५ हजार र कास्यका लागि १० हजार रुपैया दिने घोषणा गरेका छन् ।

पदक वितरण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गरेका थिए ।१३औं सागको ट्रायथलनमा नेपालले विगतको तुलनामा निकै राम्रो खेल देखाएको छ । खेल सामाग्रीको अभावमा पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन देखाएका छन् । यस अघिको १२औं सागको ट्रायथलनमा १ रजतर १कास्य मात्र हात पारेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...