www.tandavnews.com
Fact ~ In search of truth

पोखरा स्ट्रिट फेस्टिबल पुस १२ देखि

पोखरा ।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा यही पुस १२ देखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ तारेख)सम्म २१ औँ संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ ।

‘सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अंग्रेजी नयाँ वर्षका अवसरमा गरिँदै आइएको महोत्सवलाई यस वर्ष पनि भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रेवानका उपाध्यक्ष एवं महोत्सव व्यवस्थापन मूल समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महोत्सव बहुउपयोगी बन्दै गएको बताउँदै उनले अधिकतम संख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्यााउन महोत्सव प्रभावकारी माध्यम बनेको बताए । रेबानका सल्लाहकार गणेशबहादुर भट्टराईले अंग्रेजी नयाँ वर्षमा गरिने पोखरा सडक महोत्सव यहाँको पहिचानजस्तै बनेको बताउँदै यसलाई सरकारी तवरबाटै राष्ट्रिय महोत्सवका रुपमा अघि बढाउनुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकामा यस महोत्सवले उक्त लक्ष्य पूरा गर्न सहयोग पुर्याउने बताए । महोत्सवका अवसरमा नेपालका विभिन्न कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.