www.tandavnews.com
Fact ~ In search of truth

सुन प्रतितोला ८०० ले बढ्यो

काठमाडौं ।

पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मंगलबार ७१ हजार ४०० मा कारोवार भएको थियो ।

महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार ७१ हजार ३ सय मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मंगलबार प्रतितोला ७१ हजार १०० मा खरिदबिक्री भएको थियो ।

स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मंगलबार प्रतितोला ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला ८६५ पुगेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.