www.tandavnews.com
Fact ~ In search of truth

साग महिला ह्याण्डबल: नेपालको श्रीलंकामाथि २९–१९ को जित

पोखरा।

१३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल हिजो(बुधबार)देखि शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन । उमाले सबै गोल पेनाल्टीबाट गरेकीहुन । त्यसपछि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गर्यो । नेपालको निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान दिए । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरिन् । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए ।

Batas

उता, श्रीलंकाको तर्फबाट भने रुवानी डीले सर्वाधिक ७ गोल गरिन् ।त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिइन् । हार्सिका उदय र दिलुक्सी एमले समान २ गोल गरिन । उमासिका र चानिकले समान १ गोलको योगदान दिएकी थिइन् ।

विजेता नेपालको तर्फबाट निषा राईले टोलीका लागि गोलको खाता खोलेकी हुन । त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाएकी हुन् । श्रीलंकाको तर्फबाट भने जयासिंघे अराच्चिगेले गोलको खाता खोलेकी हुन । लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरिन् ।

घरेलु मैदानको फाइदा उठाउदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो । तुलनात्मक रुपमा नेपाली खेलाडी भन्दा श्रीलंकन खेलाडीहरुलाई उचाईमा साथ दिएपनि नेपाली खेलाडीहरुको तिब्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए । टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए ।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो ।
नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए । श्रीलंकाको मुख्य प्रशिक्षक समेत रहेका नेनान्द सहित हार्सिका उदयलाई पहेंलो कार्ड पाए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.