www.tandavnews.com
Fact ~ In search of truth

साग महिला फुटबल : श्रीलङ्का विरुद्ध भारतको सहज जीत

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको महिला फुटबलमा श्रीलङ्का विरुद्ध भारतले सहज जीत निकालेको छ ।

पोखरा रङ्गशालामा बिहिबार सम्पन खेलमा भारतले श्रीलंकालाई ० का विरुद्ध ६ गोल गर्दै सहज जीत निकालेको हो । यससँगै भारतले ६ अंक बटुलेको छ ।भारतको जितका लागि डेनगमीले पहिलो ४ औं मिनेटमा पहिलो गोल गरे । त्यस्तै सन्ध्या र रत्नवालाले समान २ गोलको योगदान दिए भने वालादेवीले १ गोल गरे ।

Batas

श्रीलंकाले खेल अवधिभर दुई वटा राम्रो मौका पाएपनि अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्न पुग्यो । महिला फुटबल अन्तर्गतकै नेपाल र माल्दिभ्स बिचको खेल आज (बिहिबार) दिउँसो ठिक २ बजे पोखरा रङ्शालामा हुनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.