www.tandavnews.com
Fact ~ In search of truth

परीक्षा बहिष्कार गर्ने गण्डकी मेडिकल कलेजका ९ विद्यार्थी पक्राउ

पोखरा ।

पोखरामा एमबीबीएसको परीक्षा बहिष्कार गर्ने ९ विद्यार्थी पक्राउ परेका छन् ।

आजदेखी सुरु हुने एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गर्ने गण्डकी मेडिकल कलेजका नौ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति ‘कार्यान्वयन’ नभएको भन्दै विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन् ।

Batas

एमबीबीएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो ।एमबीबीएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थी आन्दोलनरत छन् ।

माग पूरा नभएसम्म परिक्षा बहिस्कार गर्ने विद्यार्थीले निर्णय गरेपछी विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.